इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

लोकपथ
700
Shares

काठमाडौं  । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी फरार प्रतिवादी कलबहादुर बस्नेत पक्राउ परेका छन् ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका बस्नेतलाई संयुक्त अरब इमिरेट्स (युएई) मा एनसिबी अवुधाबीसँगको समन्वयमा पक्राउ गरी सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?