नेपालले हुरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

लोकपथ
518
Shares

 काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु  जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल बनाएको हो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे । 

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए ।

होबर्ट हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?