बागमती । हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौं सडक आज बिहानबाट सञ्चालनमा आएको छ ।
सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडकमा माथिबाट पहिरो खस्दा गत शनिबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडकबाट पहिरो हटाउन पछिल्लो दुई दिनदेखिको निरन्तरको प्रयास पश्चात् सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । सडक सञ्चालन भएसँगै हेटौँडा–काठमाडौं आवतजावतमा सहजता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया