आगामी भदौ ५ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी

लोकपथ
1.4k
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई दुई दिनको समय दिइएको छ ।

समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो ।

विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।

सांसदहरुले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरुप कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेन ।

विधेयकको प्रतिवेदनलाई पास गर्नेगरी ५ भदौमा समितिको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?