काठमाडौं । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन् ।
उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उनको गिती सङ्ग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।
यस्तै राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । प्रधानका अनुसार उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगीत र साहित्यमा लागेका नन्दन गायक, संगीतकार तथा कलाकार पनि थिए ।
उनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया