जलवायु संकटलाई राष्ट्रिय एजेण्डा बनाएर कानुन बनाउनुपर्छ : परराष्ट्रमन्त्री राणा

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानुन बनाउन आवश्यक रहेको बताएकी छिन् ।

हिन्दुकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको संकट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन् ।

जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उल्लेख गरिन् । जलवायु संंकट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गरिन् । सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् । 

उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यामा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट  पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?