बुढानीलकण्ठमा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते

लोकपथ
707
Shares

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज (सोमबार) बिहान भएको मोटरसाइकल- स्कुटर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीकाअनुसार आज बिहान गोल्फुटारतर्फ गइरहेको सुजुकी जिक्सर प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको स्कुटर बागमती प्रदेश ०२–०४१ प ६८१९ एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियार घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ र हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अन्दाजी २८–३० वर्षका एक पुरुष र ३०–३२ वर्षका अर्को युवक गम्भीर घाइते छन् । दुवैको हात र टाउकोमा चोट लागेकाले उनीहरूलाई पनि त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

तर, गम्भीर घाइते सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षका पहिचान खुल्न बाँकी एक पुरुषलाई उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् ।

दुर्घटनापछि दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?