काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकामा सडक निर्माण गर्दा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सोरु–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माणका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रु ३६ लाख ४० हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो। जनश्रमदानसमेत जोडेर योजना सम्झौताअनुसार कुल लागत रु ४० लाख १३ हजार ४३९ तय गरिएको थियो। तर, सम्झौताअनुसार काम नगरी बढी मूल्यांकन गरेर देखाइएको र सो क्रममा रु ७ लाख ६ हजार ७९९ बराबरको भ्रष्टाचार भएको पाइएको आयोगले जनाएको छ।
उक्त रकम हिनामिनामा संलग्न रहेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य, सवइञ्जिनियर जगतबहादुर मल्लसहित लेखापाल, योजना शाखा प्रमुख, उपभोक्ता समितिका पदाधिकारी तथा अनुगमन समितिका सदस्यहरूमाथि मुद्दा दायर गरिएको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध बिगो असुलीका साथै कैद र जरिवानाको मागदाबी गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया