प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित, मोदीले मिश्रीमार्फत पठाए निमन्त्रणा

लोकपथ
1.7k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्रीको केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई औपचारिक रुपमा भारत भ्रमणको निमन्त्रण दिएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले सो विषयमा जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद समेत दिएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेशसचिव विक्रम मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुुभएको छ । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिनुुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

ओली पछिल्लो पटक प्रधानमन्त्री बनेको १ वर्ष बितिसक्दा समेत भारतले निमन्त्रण दिएको थिएन । परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओलीको भारत भ्रमण गराउन ठूलो पहल गर्दा समेत भारत भ्रमणको टुंगो लागेको थिएन । मिश्रीले आजको भेटपछि मोदीले पठाएको औपचारिक निमन्त्रणा सुनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?