काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा हुँदै ओहोरदोहोर गर्दा हुने कठिनाइ अन्त्य हुने बताए ।
प्रधानमन्त्री ओलीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग सञ्चालनमा ल्याउन सरकारले केही दिनअघि नै सवारीसाधनका लागि दस्तुर पनि तोकेको छ ।
तोकिने दस्तुरअनुसार संघीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस र मिनिट्रकले राजधानी आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तोकिएको छ । त्यस्तै, भारी उपकरण बोकेका सवारीसाधनले काठमाडौं आउँदा ६०० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
सरकारले सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समय बचत हुने र ढुवानी लागतसमेत घट्ने अपेक्षा गरेको छ । २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुई लेन छन् । साथै, सुरुङमार्गको दुवैतर्फ नालीसमेत निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया