बाजुरा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे– मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।
जेसिभीको सहयोगमा पहिरो हटाएपछि सडकमा गाडी सञ्चालन पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया