पाकिस्तानमा भारी वर्षापछिको बाढी र पहिरोले १९४ जनाको ज्यान लियो

लोकपथ
434
Shares

काठमाडौं । पाकिस्तानमा गएको २४ घण्टामा अत्यधिक वर्षापछि १९४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले यसबारे जानकारी दिएको हो ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १८० जनाको मृत्यु भएको छ । त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा ९ र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा ५ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले बताएअनुसार, उत्तरी र उत्तरपश्चिमी क्षेत्रमा भारी मनसुनी वर्षाका कारण बाढी, पहिरो र घर भत्किँदा मानिसहरूको मृत्यु भएको हो । गिर्बीट सरकारका प्रवक्ता फैजुल्लाह फाराकले अचानक आएको बाढीले सडक, पुल, घर, विद्यालय, पानी ट्याङ्की र कृषि जमिनमा समेत ठुलो क्षति पुर्‍याएको बताएका छन् ।

अधिकारीहरूले भने कि धेरै व्यक्ति अझै बेपत्ता छन् । उद्धार टोलीहरूले चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोजी कार्य जारी राखेका छन् । जूनको सुरुदेखि पाकिस्तानमा मौसमी वर्षाका कारण देशभर ५ सयभन्दा बढीको ज्यान गएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?