काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेको निवेदन अनुसार हिजो कारागार विभागले उनलाई सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट उनी दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं आउने जनाइएको छ ।
लामिछानेलाई एयरपोर्टमा पत्नी निकिता र समर्थकहरूले स्वागत गर्ने तयारी गरिरहेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
रास्वपा पक्षले भने लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भइरहेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया