ट्रम्प भन्छन् : ‘पुटिनसँग राम्रो छलफल भयो तर कुनै सम्झौता भएन’

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्का राज्यको एन्कोरेजमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेका छन् ।

बैठक फलदायी भए पनि दुई राष्ट्रपतिबिच कुनै औपचारिक सम्झौता हुन सकेको छैन । बैठकपछि दुवै राष्ट्रपति संयुक्त पत्रकार सम्मेलनमा देखिएका थिए ।

ट्रम्पले भने, ‘केही विषयमा सहमति भएको छ र प्रगति पनि भएको छ, तर औपचारिक सम्झौता भएन ।’

पुटिनले भने, ‘युक्रेनको सुरक्षा सुनिश्चित गर्न ट्रम्प सहमत भएका छन् र यसले युक्रेनमा शान्ति स्थापना गर्ने दिशामा मद्दत गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?