काठमाडौं । सभामुख देवराज घिमिरेले कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउन निर्देशन दिएका छन् ।
सभामुखको सचिवालयका अनुसार संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको दाबीका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिइएको हो ।
प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार प्रतिवेदन सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयमा पठाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया