बैतडी । पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग १३ घण्टापछि सञ्चालनमा आएको छ ।
खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
सडकमा खसेको पहिरो जेसिबीको सहायताले पन्छाएपछि केही बेरअघि यातायात आवागमन सुचारु भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । लगातारको वर्षाले पहिरो पन्छाउने कार्यमा ढिलाइ भएको थियो ।
सडक सञ्चालनसँगै अलपत्र परेका यात्रु आ-आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया