सांसद सिंह भन्छन् : ‘देशमा ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन’

लोकपथ
553
Shares

काठमाडौं । सांसद अमरेशकुमार सिंहले देशमा तीन जना शीर्ष नेताविरुद्ध बोल्नै नहुने अवस्था सिर्जना गरिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले तीन ठूला राजनीतिक दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको आलोचना गरे गम्भीर परिणाम भोग्नुपर्ने अवस्था बनेको बताए ।

उनका अनुसार अहिले तीन जनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ, कोही रवि लामिछाने हुन्छ, कोही रेशम चौधरी हुन्छ,भन्दै उनले यस्तो अवस्थाको फेहरिस्त लामो रहेको उल्लेख गरे ।

सिंहले साइबर सेक्युरिटी विभागले पनि यस्तो वातावरणलाई थप मजबुत पार्ने काम गरिरहेको दाबी गर्दै सरकारलाई शिक्षा, सञ्चार र स्वास्थ्य क्षेत्रमा ध्यान दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?