काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँले घटेको हो।
यस्तै, मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार २० रुपैयाँले बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया