काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले आफू पदमा कायम रहन माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुबेदी र सुनीलकुमार पोखरेलको इजलासले ढकालको रिट खारेज गर्दै रास्वपामा फर्किन दिइने बाटो बन्द भएको निर्णय सुनाएको हो ।
ढकालले आफूलाई पदबाट हटाउने रास्वपाको निर्णय अवैध भएको दाबी गर्दै अदालतको सहायता मागेका थिए, तर अदालतले उनको रिट अस्वीकार गरेको छ ।
यस निर्णयसँगै ढकालले रास्वपामा पुनः जिम्मेवारी पाउने सम्भावना कम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया