मुगु । लगातारको भारी वर्षापछि गमगढी–बालै–पिना सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ ।
करिब दुई महिनादेखि सडकमा माटो र ढुङ्गा थुप्रिनुका साथै केही ठाउँमा सडक भासिएकोले स्थानीयवासीहरू हिँडडुलमा निकै समस्या भोगिरहेका छन् ।
सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्रीहरूको ढुवानीमा समेत समस्या परेको छ ।
स्थानीय दानबहादुर शाहीका अनुसार सडकका विभिन्न भागहरूमा दलदल र पहिरोले बाटो बन्द भएको छ, जसले मान्छेहरूलाई समेत हिँड्न कठिन बनाएको छ । तर अहिलेसम्म अवरुद्ध सडक खोल्न कुनै ध्यान नदिएको बताए ।
यस सम्बन्धमा, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या वर्षाले पहिरो पन्छाउने काम रोकिएको छैन र डोजर लगायतका उपकरणहरू तयारी अवस्थामा रहेको जानकारी दिए ।
उनले जल्दै पहिरो हटाएर सडक खुलाउने प्रयास अघि बढाइने बताए । स्थानीयवासी र प्रशासनबीच सहकार्यमा सडक सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया