साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपति मन्दिर (तस्बिरहरु)

लोकपथ
413
Shares

काठमाडौं । साउनको अन्तिम सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ ।

आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड छ । 

साउन महिना विशेष गरेर आशुतोष भगवान् (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?