काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ ।
‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।
नेपाल बसाइको क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतलाई भेट्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया