रास्वपा सोलुखुम्बुका नेता बस्नेत ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ 

लोकपथ
3.4k
Shares

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका निवासी ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापतिलाई पक्राउ गरेको छ । 

रास्वपाको लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो । 

२०८१ साल साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई प्रहरीले सोलुखुम्बु लगिसकेको छ । आफूविरुद्ध उजुरी परेपछि उनी फरार रहेका उनलाई गएको सोमबार काठमाडौँमा पक्राउ गरेर सोलुखुम्बु थिए ।  

बस्नेतलाई बुधबार अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?