देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

लोकपथ
994
Shares

काठमाडौं । देशभर मनसुनी प्रभाव सक्रिय रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराई क्षेत्रमा अवस्थित छ।

आज कोशी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समय देशभर सामान्य बदली रहनेछ । मधेस प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?