दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

लोकपथ
6.3k
Shares
फाइल तस्बिर

काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघिको जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश आएको हो ।

प्रसाईँसँग ३ लाख धरौटी माग गरिएको छ । प्रसाईँविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो ।

गत चैत १५ गतेको तीनकुने घटनाका मुख्य दोषी मानिएका प्रसाईँलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । त्यस्तै तीनकुने घटनामा पक्राउ परेका सुशिल बराल, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई समेत धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ ।

तीनकुने घटनामा ३ लाख धरौटी माग गरिए पनि बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?