दाङ । दाङ जिल्लामा १६ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २३ वर्षीय सन्तोष वली रहेका छन् । उनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिहीबार राति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार वलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडितले दिएको उजुरीपछि तत्काल अनुसन्धान थालिएको र सोही क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडित किशोरीलाई आवश्यक स्वास्थ्य परीक्षण र संरक्षणमा राखिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया