आईएमई लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित

लोकपथ
161
Shares

पोखरा । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गरेको छ  । 

पोखराको ग्राण्ड होटलमा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई विशेष अवार्ड प्रदान गरिएको हो ।

कम्पनीले उक्त कार्यक्रम आफ्नो अभिकर्ताहरूको व्यावसायिक सफलता, समर्पण र निरन्तरताको कदरस्वरूप आयोजना गरेको जनाएको छ । 

समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुख र अन्य कर्मचारीहरू सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीको सफलतामा अभिकर्ता र कर्मचारीहरूको निरन्तर सहकार्यको ठुलो योगदान रहेको बताए । उनले भविष्यमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित बनाएर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?