काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक रहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्तास् एक समग्र दृष्टिकोण’ शीर्षकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ।’
उनले थपे, ‘नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ। अब जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको छ।’
कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले एआई विकासको दिशा अनिवार्य हुँदै गएको बताउँदै समावेशी र उत्तरदायी नेतृत्वबारे छलफल गर्नु जरुरी भइसकेको बताए ।
उनले भने, ‘एआई विकासको दिशा अनिवार्य हुँदै गएको छ। तर यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठुलो छ। कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया