प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट गरे तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

लोकपथ
714
Shares
प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट अवलोकन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरी प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?