विधेयक फिर्ता भएपछि एकाबिहानै राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

लोकपथ
9.5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन विधेयक फिर्ता गरेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई भेटेर चासो व्यक्त गरेका छन् ।

आज शुक्रबार बिहान सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई शीतलनिवासमा भेटेर त्यस चासो व्यक्त गरेका हुन् । 

राष्ट्रपति पौडेलले हिजो बिहीबार संविधानको मर्मविपरीत परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । 

विधेयक ‘प्रथम दृष्टिमै संविधानको मर्म, भावना र लोकतान्त्रिक मान्यताविपरीत’ रहेको भन्दै राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?