काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–लमजुङमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित मनाङ होटलमा जुवातास खेलिरहेका सात जनालाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये होटल सञ्चालक ४८ वर्षीय सन्तबीर तामाङ पनि परेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद १ लाख ७ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया