काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । केही दिनअघि उनले इमेलमार्फत आफ्नो राजीनामा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पठाएका हुन् ।
एन्फाले महिला एसियन कप छनोटका क्रममा उज्बेकिस्तानमा भएको विवादको विषयमा स्पष्टीकरण सोध्दा वाइल्डले राजीनामा पठाएर जवाफ दिएका हुन् ।
कप्तान चयन विवाद र टिम व्यवस्थापनसँगको असहमति पछि वाइल्डले नेपाल फर्किन नचाहेको पनि बताएका थिए । हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ बाहिर रहेको कारण राजीनामाको विषयमा निर्णय हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया