ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व पर्यटनमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । ८९ वर्षको उमेरमा हिजो शनिबार उनको निधन भएको हो ।
२०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका बज्राचार्य राजा ज्ञानेन्द्र शाहको पालामा २०६१ सालमा पर्यटनमन्त्री बनेका थिए । उनी ललितपुरको कला, संस्कृति र पूर्वाधार विकासमा सक्रिय थिए ।
२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएर राजनीति सुरू गरेका बज्राचार्य २०३२ सालमा प्रधानपञ्चसमेत निर्वाचित भएका थिए । उनी उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया