काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को १० खर्ब ५८ अर्ब भन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो । प्रतिशतका हिसाबले हेर्दा ११.३३ प्रतिशतको वृद्धि देखिएको छ ।
सरकारले उक्त वर्षका लागि प्रारम्भिक रूपमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर अर्धवार्षिक समीक्षा पश्चात् यो लक्ष्य परिमार्जन गर्दै १२ खर्ब ८६ अर्ब मा झारिएको थियो । संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलन हुन सफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
राजस्व महाशाखाका अनुसार, अन्तर्राष्ट्रिय आर्थिक चुनौती र विपद् व्यवस्थापनका समस्याहरू हुँदाहुँदै पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक नतिजा हासिल भएको छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित तयारी अघि बढाइसकेको छ ।
पछिल्ला आर्थिक वर्षहरूमा राजस्व संकलन विवरण
२०७१/०७२ – ४ खर्ब ५ अर्ब
२०७२/०७३ – ४ खर्ब ८१ अर्ब
२०७३/०७४ – ६ खर्ब ९ अर्ब
२०७४/०७५ – ७ खर्ब २६ अर्ब
२०७५/०७६ – ८ खर्ब २९ अर्ब
२०७६/०७७ – ७ खर्ब ९३ अर्ब
२०७७/०७८ – ९ खर्ब ३५ अर्ब
२०७८/०७९ – १० खर्ब ६६ अर्ब
२०७९/०८० – ९ खर्ब ५७ अर्ब
२०८०/०८१ – १० खर्ब ५८ अर्ब
२०८१/०८२ – ११ खर्ब ७८ अर्ब ८२ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया