क्यान्सर बिरामीलाई राहत : ४ अस्पतालमार्फत निःशुल्क औषधि वितरण

लोकपथ
2.5k
Shares

काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका सामग्रीहरू आज मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

असार २७ गते नेपाल ल्याइएका ती सामग्रीहरू आज औपचारिक रूपमा मन्त्रालयमार्फत चार अस्पताल-वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर: भक्तपुर क्यान्सर अस्पताल; सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके: र वीर अस्पताल, काठमाडौंलाई प्रदान गरिएको हो ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमरजस्ता रोगमा प्रयोग हुने ती औषधि निःशुल्क रूपमा बिरामीलाई उपलब्ध गराइनेछ । मन्त्रालयले यस्ता सहयोगलाई नियमितता दिने प्रयास भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?