काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरुकरो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको भन्दै उनले रास्वपा कहिले पुराना दलहरू सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको बताए ।
राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको उनको भनाइ छ ।
सचिव भट्टराईले भने, ‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन् । पुराना दलहरूको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरु छन् । कविन्द्रजीहरु त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरुको त्यो आशा छ । उहाँहरुको मुख्य नारा नै त्यही हो । पुराना दल सिद्धिए अब हामी । किन हामी भन्नेकुराको प्रश्न छ । पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरुको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको छ । ’
सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताए । राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया