प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

लोकपथ
602
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सबै ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले ‘आयकर ऐन, २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले निर्धारण गरेको प्यान प्रणालीअनुसार खाताबाट गरिएको करकट्टी विवरण आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अत्यावश्यक भएको जनाएको छ ।

ग्राहकले बैंकको पोर्टल https://pankhud.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘PAN Update’विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, देशभर रहेका शाखा कार्यालयमार्फत पनि प्यान अद्यावधिकको सुविधा उपलब्ध गराइएको छ ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको कर विवरण ‘भ्याटमोस्’ प्रणालीमा समावेश गर्न प्यान अपरिहार्य भएको स्पष्ट पारेको छ । प्यान अद्यावधिक गरेपछि उक्त विवरण स्वतः अनुसूची १० मा समेटिने भएकाले करकट्टी र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?