लचिलो मौद्रिक नीति : यसअघि भन्दा के-के भयो थपघट [पूर्णपाठ]

लोकपथ
679
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष ०८२–०८३ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिमा केही नीतिहरु नयाँ थपिएका छन् भने केही परिमार्जन भएको छ ।

मौद्रिक नीति अनुसार आगामी आर्थिक वर्ष २०८२–८३ मा ५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भएबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिनेछ ।

त्यस्तै आवासीय कर्जाको सीमा बढाइएको छ । जसअनुसार अब घर बनाउन वा किन्नका लागि ३ करोडसम्म बैंकबाट कर्जा पाइनेछ । यसअघि २ करोडसम्म रहेको दायरालाई बढाएर ३ करोडसम्म पुर्याइएको हो ।

त्यस्तै मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको गर्भनर पौडेलले दाबी गरेका छन् ।

गर्भनर पौडेलले सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गरेर मौद्रिक नीति सार्वजनिक गरिएको समेत जानकारी गराएका छन् ।

मौद्रिक नीतिमार्फत् व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याइएको छ ।

विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ ।

आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ ।

मौद्रिक नीति हेर्न र पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?