बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न माओवादी केन्द्रको माग

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हालै आएको बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनताको जिउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताए ।

साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय गरेको बताए । संघीय निजामति ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमतिअनुसार नै राष्ट्रिय सभाबाट पारित गर्नेतिर पहलकदमी लिने बारेमा छलफल भएको बताए ।

कुलिङ पिरियड छेडखानीबारे बनेको संसदीय छानविन समितिको संयोजक ठूलो पार्टीले गर्ने र अरु सदस्य हुनेकुरा परम्पराअनुसार नै रहेको बताए । त्यसलाई आफूहरुले स्वभाविक रुपमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?