माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, बाढीपहिरो र राजनीतिक समीक्षामा केन्द्रित हुने

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज (बिहीबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ।

साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?