काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई कमजोर बनाउन केही शक्ति सक्रिय रहेको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘सहकारी बिग्रियो’ भन्ने नकारात्मक प्रचारमार्फत देशव्यापी रूपमा सहकारीबारे भ्रम फैलाउने काम भइरहेको बताए ।
उनले सहकारीमा गम्भीर समस्या देखिएको भए पनि त्यसलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘केही समस्या आउँदैमा सबै सकियो भन्नु गलत हो। सहकारीलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्छ ।’
मन्त्री अधिकारीका अनुसार सहकारीमा मनपरी गर्ने, दुरुपयोग गर्ने व्यक्तिहरु नै अहिले आफूलाई सहकारीको हिमायती जस्तै प्रस्तुत गर्दै प्रचारमा लागेका छन् ।
‘सहकारीमा जसले मनपरी गर्यो, जसले सहकारी बिगार्यो, उनीहरू नै अहिले सहकारीको हिमायती बनेर अगाडि बढ्न खोजिरहेका छन्,’उनले भने, ‘यस्ता प्रवृत्तिप्रति हामी सजग हुनुपर्छ । त्यसको खण्डन गर्दै सहकारीलाई व्यवस्थित गर्न आवश्यक छ ।’
उनले सहकारी क्षेत्रलाई अझ प्रभावकारी बनाउन सरकार गम्भीर रहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया