काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदलाई अफवाह फैलाउने र गलत प्रचार गर्ने ठाउँ बनाउन नहुने बताएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको भन्दै गरेको टिप्पणीको प्रतिवाद गर्दै बरालले यस्तो बताएकी हुन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने, आफू बाहिरिने र कुनै कुरा धैर्यतापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ।’
उनले प्रधानमन्त्रीको भ्रमण राष्ट्रको कार्यकारी प्रमुखका हैसियतले भएको बताउँदै भनिन्, ‘देशको प्रधानमन्त्री कुनै दल विशेषको मात्र होइन, राष्ट्रको कार्यकारी प्रमुखका रुपमा गएको हुन्छ ।’
सांसद बरालले टिप्पणी गर्ने व्यक्तिलाई भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौती दिइन् । “बोल्दा हेक्का पु(याएर बोल्न सिक्नुस् । भाषा र परिभाषाको ज्ञान सिकाउन परे हामी तयार छौँ,’उनले भनिन् ।
प्रधानमन्त्री ओलीसँग गएको टोलीको विवरण चाहिएको खण्डमा प्रमाणसहित दिन तयार रहेको बताउँदै उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीले देशको गौरव बढाएर आउँदा किन छटपटी भयो ?’
साथै उनले रास्वपाको राष्ट्रप्रेम समय–समयमा देखिएको घटनाक्रम र तथ्यांकबाट पुष्टि भइसकेको पनि टिप्पणी गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया