काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मंगलबारदेखि चिनियाँ क्षेत्रमा ‘होल्ड’ मा छ ।
चिनियाँ सुरक्षा अधिकारीहरूले रसुवागढीपारि चिनियाँ भूमिमा अनुमतिबिना सेनाको हेलिकोप्टर प्रवेश गरेको भन्दै ‘होल्ड’ मा राखेको हो । उच्च तहमा कुराकानी गरेर हेलिकोप्टर फर्काउन पहल भइरहेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावास र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले सहजीकरणको प्रयास गरिरहेका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने प्राविधिक समस्या आएपछि चिनियाँ भूमिका ‘फोर्स ल्यान्ड’ गरिएको बताएका छन् । ‘प्राविधिक कारण हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको हो, मर्मतपछि फर्किन्छ,’ उनले भने ।
बाढीबाट चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको र त्यस ठाउँको रेकी (जानकारी संकलन) गर्दै जाने क्रममा समस्या आएपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको उनको भनाइ छ । आफूलाई चिनियाँ सुरक्षाफौजले ल्यान्ड गराएका कारण रोकिएको भन्ने जानकारी नआएको उनले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया