‘आलम बम प्रकरण’मा बाँचेका गौरीशंकरको रोदन– ‘अब कसरी बाचौँ यो दुनियाँमा’ [भिडियोसहित]

लोकपथ
1.2k
Shares

काठमाडौं । ०६४ साल चैत २७ गते साँझ रौतहटको राजपुर फरहदबामा भएको बम विस्फोटमा बालबाल बच्न सफल भए, भारत सितामढीका गौरीशंकर राम चमार ।

नेपाली कांग्रेसबाट सांसद बनेका अफ्ताब आलम सो क्षेत्रबाट उम्मेदावर बनेका थिए । भोलिपल्ट निर्वाचनका दिन बम पड्काएर बुथ क्याप्चर गर्ने रणनीति बनाइएको थियो ।

त्यसको तयारीस्वरुप आलमका काका शेख इद्रीसको घरमा बम बनाउने काम भइरहेको थियो, त्यसमा छिमेकी देश भारतबाट समेत मान्छे झिकाइएको थियो । बम विस्फोटपछि त्यहाँ घाइते भएकाहरुलाई इट्टा भट्टामा समेत हालेर ज्यूँदै जलाइएको थियो ।

सोही घटनामा पक्राउ परेका पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता अफ्ताब आलम गत जेठ १४ गते अघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको थियो । गत जेठ १४ गते सफाइ पाएका आलमलाई जिल्ला अदालत रौतहटले भने जन्मकैदको घोषणा गरेको थियो । उच्च अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु र अर्जुन महर्जनले उनलाई सफाइ दिएका थिए ।

उक्त घटनामा प्रमाण नपुगेको भन्दै न्यायाधीशद्वयले सफाइ दिएपछि उनीहरुको आलोचना समेत भइरहेको छ ।

न्यायाधीशद्वयले प्रमाण नपुगेको भन्दै छाडेको एक महिनाछि भारत सीतामाइ मणिपुरुपका चमार ज्यानभरी खतको प्रमाण लिएर न्यायका लागि काठमाडौं आइपुगेका छन् । आइतबार दिउँसो रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै उनले आफू वर्षौँदेखि घाउ लिएर बाँचिरहेको सुनाए ।

त्यस्तै आलम छुटेपछि आफू कसरी ज्यान जोगाएर बाच्ने सोच्न नसकेको भन्दै भक्कानिए ।

‘धेरै भारी काम गर्न सक्दिन म थाकिहाल्छु । मैले काम पनि भेट्दिन, काम भेटे पनि ७–८ दिन जति काम गराएर मान्छेले तिमी आफ्नो पैसा लिएर जाउ भाई तिमीलाई यहाँ काम मिल्दैन भन्छ,’ उनी भक्कानिँदै भन्छन्, ‘यस्तो अवस्थामा छु सर म जीउनी कि मर्ने ? के गर्ने केही पनि देख्दिन म कसरी जिउँ म यस दुनियाँमा । म त तमासा जस्तो भइसके । जहाँ गयो, यही मान्छे हो भन्दै मान्छेहरु फोटो खिच्न थाल्छ ।’

त्यस्तै उनी आफूजस्ता मानिसहरु अझै घाउको खत लिएर बाँचिरहेको भन्दै आलमलाई कारबाही हुनुपर्ने माग गर्छन् ।

यस्तो छ गौरीशंकरले पत्रकार सम्मेलनमा दिएको बयान :

इलेक्सनको अघिल्लो दिन बेुलका ४–५ बजेतिर बम विस्फोट भएको हो, अफताब आलमको राजा चिम्नी भट्टामा । उहाँलाई त्यहाँ देखिएन तर धेरै मान्छे त्यहाँ थिए । मैले पनि धेरै मान्छे जलेको छ भन्ने सुनेँ । तर घटना भइसकेपछि गाउँका मान्छेले उठाएर मलाई कसरी इण्डियासम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जल्या छ । एउटाको हातमा र अर्कोको खुट्टामा अलिकति लाग्या छ । म होसमा थिइन्, त्यही भएर कति मान्छे घाइते भए मलाई थाहा भएन ।

बम त्यहाँ विस्फोट भएको छ, त्यही बम मलाई लाग्या छ मैले भनिरहेको छु ।

एसपी कार्यालयमा गएर सुरु सुरुमा मैले बयान दिँएपछि म घरमा नहुँदा त्यसको आदमी गएर मेरो आमालाई भन्या छ, तिम्रो छोरा त गयो अब । तिम्रो छोरा दुई, चार, ५ साल भएपछि बाँच्दैन ।

म यहाँ काम गर्ने शिलशिलामा थिएँ, त्यसै बेला थाहा पाए अफ्ताब आलम छुट्टयो भन्ने । मलाई दुख लाग्यो, बम बनाएर, बम फाटेर हामी त्यस्तो पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो अब धम्की पनि दिया छ, बाँच्दैन म । त्यस्तो मलाई लाग्या छ ।

धेरै भारी काम गर्न सक्दिन म थाकिहाल्छु । मैले काम पनि भेट्दिन, काम भेटे पनि ७–८ दिन जति काम गराएर मान्छेले तिमी आफ्नो पैसा लिएर जाउ भाई तिमीलाई यहाँ काम मिल्दैन भन्छ । यस्तो अवस्थामा छु सर म जीउनी कि मर्ने ? के गर्ने केही पनि देख्दिन म कसरी जिउँ म यस दुनियाँमा । म त तमासा जस्तो भइसके । जहाँ गयो, यही मान्छे हो भन्दै मान्छेहरु फोटो खिच्न थाल्छ ।

त्यही कमाई गरेर उपचार गराउँछु, दुई बच्चा छ खर्च भइहाल्छ । बाच्यो भने खर्च उपचार गराउँछु नत्र गराउँदिन । हालसम्म साढे ३ लाख आइसी खर्च भयो । कसैले एक रुपैयाँ पनि खर्च कसैले दिएको छैन ।

उहाँलाई छोड्न भएन । हामी जस्तो मान्छे पीडित भएका छौँ । मेरो जीन्दगी बर्बाद भइसक्यो । मेरो मान्छेले यही निकाल्छ कि यस्तो मान्छेलाई छोड्नु भएन, कडा भन्दा कडा सजाय दिनुपर्यो । काठमाडौं भेट्यो भने काम गर्ने नभेटे घर जाने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?