‘महाअभियोगको डर होस् वा सरकारको त्रास, न्यायकर्मीले हार मान्नु हुँदैन’

लोकपथ
56
Shares

काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी छन् ।

कानुन दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरिन्  । न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने प्रयास स्वीकार्य नहुने उनको स्पष्ट भनाइ थियो ।

मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत रहनुपर्ने उल्लेख गरिन् । उनले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध सबै सरोकारवालाले दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले भनिन्, ‘डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु ।’

‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, त्यसैले विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।,‘उनले भनिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?