काठमाडौं । लोकप्रिय नेपाली हाँस्य टेलिशृंखला मेरी बास्सै मा ‘अप्सरा आमा’को भूमिकाबाट चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको शुक्रबार राति निधन भएको उनकी सहकलाकार सुशीला निरौलाले जानकारी दिइन्। उनीहरू केही एपिसोडमा सँगै अभिनय गरेका थिए।
‘मेरी बास्सै’ मा श्रेष्ठले निर्वाह गरेको ‘अप्सरा आमा’को भूमिका दर्शकमाझ निकै लोकप्रिय बनेको थियो। सरल, सहज र हास्यव्यङ्ग्यपूर्ण अभिनयका कारण उनी दर्शकका प्रिय पात्र बनेकी थिइन्।
श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन्। उपचारकै क्रममा रहँदै आएकी श्रेष्ठको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने परिवार स्रोतले जनाएको छ।
नेपाली टेलिभिजन जगत्का लागि उनको निधन अपूरणीय क्षति भएको भन्दै कलाकार, दर्शक र शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया