खुला विश्वविद्यालयका एलएलबी विद्यार्थीलाई अधिवक्ता परीक्षा दिन सर्वोच्चको अन्तरिम आदेश

लोकपथ
497
Shares

काठमाडौं । सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

बार काउन्सिलले उनीहरूलाई फारम भर्न नपाउने गरी सूचना निकालेपछि विद्यार्थीहरू सर्वोच्च पुगेका थिए ।

न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई फारम भर्न र परीक्षामा सहभागी हुन रोक्न नहुने आदेश दिएको हो । अधिवक्ता लाइसेन्स परीक्षाको फारम भर्ने समय असार २१ गतेसम्म कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?