बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको छडको भट्टीमा विस्फोट भएको छ । कवाडी फलामका टुक्रा पगाल्ने भट्टीमा विस्फोट भएको हो ।
बुधबार राती ९ः३० बजेको आसपास भट्टीमा विस्फोट भएको हो । स्थानीयका अनुसार भट्टी विस्फोट हुँदा अत्यन्तै ठुलो आवाज भएको र आगोको लप्का देखिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार हालसम्म एक जना कर्मचारी घाइते भएको जानकारी आएको बताएका छन् । आफूहरू घटनास्थलमै रहेको र घटनाबारे जानकारी लिने काम भइरहेको उनले बताए । जोशीका अनुसार अहिले एक कर्मचारी घाइते भएको पाएको र उनको हातमा चोट लागेको पाइएको हो । घाइते भारतीय नागरिक रहेकोसमेत जोशीले बताए ।
जगदम्बाको उक्त भट्टी मुख्यतः कवाडी सामान संकलन गरी ती कवाडी सामानलाई पगालेर छड बनाउने कम्पनी हो । देशका विभिन्न भूभागबाट संकलन गरिएका कवाडीलाई उक्त भट्टीमा लगी उच्च तापक्रममा पगालेर फलामे छड तयार पार्ने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया