राप्रपामा बसेर कमाउँछु भन्ने सोचेको भए जो कोहीले पार्टी छाडे हुन्छ : राजेन्द्र लिङ्देन

लोकपथ
553
Shares
फाइल फोटो

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई अब नेपालको नम्बर एक भ्रष्टाचारविरोधी पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीमा आएर भ्रष्टाचार गर्ने सोच भएका व्यक्तिहरूलाई आफूहरूबाट टाढा रहन आग्रह गरे ।

अध्यक्ष लिङदेनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै फर्के हुन्छ। कोही कुनै आवरणमा बसेको छ भने बाटो लागे हुन्छ। यहाँ त्यस्तो उपाय हुँदैन ।’

उनले थपे, राप्रपा अब सुशासनको पक्षधर पार्टी बनेको दाबी गर्दै भ्रष्टाचार गर्ने जोसुकै भए पनि कडा कारबाही हुने बताए। २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको माग छ ।

अध्यक्ष लिङदेनले सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरू नै भएकोले ती नेताहरूको सम्पत्तिमा कडाइ गर्नुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारसँगको लडाइँमा पार्टी कटिबद्ध रहेको र यसलाई मजबुत बनाउन आवश्यक कदम चालिने बताए ।

यस कार्यक्रममा राप्रपाले आगामी दिनमा भ्रष्टाचारमुक्त, पारदर्शी शासन प्रणालीका लागि काम गर्ने तथा भ्रष्टाचारको विरुद्धमा अडिग रहने प्रतिबद्धता दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?