काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयक संशोधन प्रकरणमा गम्भीर प्रश्न उठाएका छन् ।
उनले समितिका सचिव सुरज दुराबारे टिप्पणी गर्दै जानकारी नभएको भन्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।
‘दुरा जी, तपाईं यो समितिका सचिव हो,’ उनले भने, ‘ुदफा हटाएको र राखेको विषयमा जानकारी छैन भन्न मिल्दैन । समितिको टाठोबाठो सभापति हो ? थाहा पाइन कसरी भन्नुभयो ?’
थानीले विधेयक पारित गर्ने प्रक्रियामा मन्त्रालय र सम्बन्धित मन्त्रीहरूको संलग्नता नभएको दाबीलाई पनि अस्वीकार गरे । ‘विशिष्ट श्रेणीका कर्मचारीले देउसी भैलो मैले देखेको छु,‘ उनले व्यंग्य गर्दै भने, ‘ताली बजाएर पारित गरेका हौँ । त्यसरी पारित भएको विधेयकमा तीनजना मन्त्रीलाई जानकारी नहुने हुन्छ रु’
उनले संसदीय समितिबाट विधेयक पारित भइसकेको अवस्थामा त्यसले प्रतिनिधिसभाबाट पारित हुन नसकेको विषयमा पनि प्रश्न उठाए ।
हामीले पारित गरेको किन भएन ?, ‘उनले भने, ‘यो प्रकरणमा गम्भीर छानबिन आवश्यक छ ।’
सांसद थानीले संशोधन प्रक्रियामा देखिएको अन्योल र अनियमितताको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया